CINEMANEWS

पूर्वी नेपालमा बिगुल

सिनेमा संसार
काठमाडौं
प्रदर्शन मिति नजिकिदै जाँदा सिनेमा बिगुलको प्रचारप्रशारले निकै तीव्रता पाएको छ।
रमेश कोइरालाद्वारा निर्देशीत सिनेमा यही माघ ९ गते देशब्यापी प्रदर्शनमा आउँदैछ। देशको बर्तमान राजनीति अबस्थासँग मिल्दोजुल्दो बिषयको सिनेमाको ंनिर्माण टिमले पूर्वी नेपाल दर्शकका साथ साक्षात्कार कार्यक्रम समापन गरेको छ। निर्देशक कोइरालाका साथमा सिनेमाका कथाकार तथा निर्माता दिनेश कोइरालाले पूर्वी नेपालका बिराटनगर, इटहरी, धरान, दमन, बिर्तामोड हँुदै हेटौडा र चितवनका दर्शकमाझ प्रत्यक्ष रुपमा बिगुल प्रदर्शन हुन लागेको सन्देश पुर्याएका छन्।
करिब एक साता लामो टुरमा निर्माता, निर्देशकले आफ्नो सिनेमाप्रति दर्शकको अभिरुचि र प्रतिक्रियामात्र बुझेनन्, सिनेमा हेर्नका लागि सबैलाई आह्वान पनि गरे। टुरका क्रममा निर्माण टिमले सिनेमामा समाबेश लोकभाकाको गीत बनको कोइली बनैमा रमायो शुक्रबार सार्वजनीक गरेको छ। यशराज गराच र ऋचा थापा फिचर्ड गीतमा मनिष चौधरी र शान्तिश्री परियारको स्वर, मनोज चौलागाईको शब्द, संगीत र कमल राईको कोरियोग्राफी छ।

सिनेमामा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्माका साथमा अभिनेता रबिन्द्र खड्का बिशेष भूमिकामा छन्।

Related Articles

Check Also
Close
Back to top button