CINEMAMUSICNEWS

रमिताको पिरतीका लागि आनालाई फकाउँदै विनय

सिनेमा संसार
काठमाडौं
आगामी माघ २६ गते रिलीजमा आउने सिनेमा रमिताको पिरतीमा समावेश गीत जुनी भर बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
सार्वजनिक गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ। स्वरमा उनलाई अस्मिता अधिकारीले साथ दिएकी छिन्। रोमान्टिक शैलीको गीतमा सिनेमाका मुख्य २ कलाकार आना शर्मा र विनय श्रेष्ठलाई प्रस्तुत गरिएको छ। भिडियोमा विनयले आनालाई फकाउँदै गरेको र आनाले नमानेको दृश्य छ। गीतको भिडियोमा झोलेइज्म, जेनिश महर्जन र प्रियतनाको छायांकन, झोलेइज्मको सम्पादन र कृतिका बरालको कोरियोग्राफी छ ।

सेरो फिल्म्सुको व्यानरम ाबनेको सिनेमामा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्लेलगायतका कलाकारले अभिनय गरेका छन्। सुदिप्ताको लेखन र निर्देशन तथा सागर लम्सालको निर्माणमा बनेको सिनेमामा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत, शिशिर बिशाङ्खेको डीओपी र सुनिल सिभाकोटीको सम्पादन रहेको छ।

Related Articles

Back to top button