CINEMANEWS

स्वस्तीमाको ज्याद्रै बस्यो दिल

सिनेमा संसार संवाददाता
काठमाडौं
हलमा प्रदर्शन हुन दुई साता बाँकी हुँदा सिनेमा बुलबुलले जाद्रै बस्यो दिल बोलको गीत सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक मेलामा हजारौं दर्शकमाझ निर्माण पक्षले गीत सार्वजनिक गरेको हो।
नयाँ नयाँ प्रचार शैली अवलम्बन गर्दै आएको बुलबुल टोलीले पहिलो गीत माया ओई ओई पनि दर्शककै माझमा गएर कलाकारलाई नचाउँदै सार्वजनिक गरेको थियो। सार्वजनिक गीतमा पीडाको भाव अभिव्यक्त गर्ने मर्मस्पर्शी शव्दहरुका ेसंयोजन गरिएको छ। गीतको दृश्यमा कहिले सडकमा हिंडदै गरेकी र पानीमा रुझ्दै गरेको देखिएकी अभिनेत्री स्वस्तिमा खड्काको जीवन्त अभिनय झल्किन्छ।
सो कार्यक्रममा बोल्दै सिनेमाका निर्देशक विनोद पौडेलले सिनेमाले समाजको एक वर्गको जीवन जस्ताको तस्तै पस्कने प्रयास गरेको बताए। ‘सिनेमालाई हामीले सधैं आदर्शको भारी बोकाउँदै आएका छौं। यसलाई कलाको माध्यमको रुपमा मात्र लिइनु पर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो,’ उनले बजारमा संवाद छाडा भएको आरोपको खण्डन गर्दै भने, ‘दुई तीन महिना यो विषयमा अनुसन्धान गरेर मात्र यस्को कथा तयार गरेका हौं। संवाद वा दृश्य कुनै पनि कुरा मनगढन्ते छैनन्।’ उनले फिल्मले कुनै सन्देश, शिक्षा वा निष्कर्ष नदिने बताउँदै सोही मनस्थिति बोकेर हलमा जान अनुरोध गरे। सिनेमाका निर्माता अविरल थापाले सिनेमाले मौलिक सिनेमा भएन भनेर गुनासो गरिरहेका दर्शक रसमीक्षकको पनि परीक्षा लिने बताए।
सार्वजनिक गीतमा मनिकला पौडेलको शव्द संकलन, उदगम परियारको संगीत र रजिना रिमालको स्वर रहेको छ। बुलबुलमा स्वस्तिमा खडका, मुकुन भुषाल, जोयस पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, एलिना कार्की, सृष्टि भट्टराईलगायतको अभिनय छ। अविरल थापालगायतको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रामराजा दाहाल हुन्। सिनेमा फागुन ३ गतेदेखि देशैभर प्रदर्शन हुँदैछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button