EVENTFASHION

सिनेमा संसार
काठमाडौं
मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२५ का विजेता सार्वजनिक भएका छन्। दिव्या पात्रा मिस हेरिटेज इन्टरनेशनल नेपाल र दुर्गा ढकाल मिसेज हेरिटेज इन्टरनेशनल नेपाल घोषित भएका हुन्।
ग्रीन आट्र्स मिडिया प्रालिले बिहीबार साँझ उनीहरूलाई विजेता घोषणा गरिएको हो। अब दिव्या र दुर्गा दुबैले आगामी नोभेम्बरमा थाइल्याण्डमा आयोजना हुने मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल २०२५ मा नेपालको प्रतिनिधित्व गर्नेछन्।
थाइल्याण्डमा हुने यो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा युनेस्को सूचीमा परेका ऐतिहासिक सम्पदास्थलमा विश्वका करिब ४० देशका प्रतिस्पर्धी सहभागी हुनेछन्। सहभागीले आफ्ना देशका कला, संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button