CINEMANEWS

हलीको प्रमोसनल गीत सार्वजनिक

सिनेमा संसार
काठमाडौं

वास्तविक जीवनका घटनाबाट प्रेरित भई निर्माणाधीन सिनेमा  हलीको प्रमोसनल गीत हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।झम र झम बर्खे झरी बोलको गीतमा बाबुल गिरी र शान्ति श्री परियारको स्वर, जस्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको छ। कर्णप्रिय गीतको भिडियो आकर्षक बनेको छ। गीतको भिडियोमा धान रोपाइँ गर्दाको रमाइलो र उत्साह देखाइएको छ।

भिडियोमा सिनेमाका मुख्य नायक प्रमोद दीपका साथमा कलाकारहरू किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की, पूजा शर्मा, दीपाश्री निरौलालगायतले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। कोरियोग्राफर कविराज गहतराजले गीतको नृत्यलाई दर्जनौँ कोरस कलाकारका साथमा प्रविधिको सहयोगले शानदार बनाएका छन्।

शुभ चिरायु फिल्म्स् र जापुरा फिल्म्स् प्रोडक्सनको ब्यानरमा पूजा गुरुङ र जस्मिन श्रेष्ठद्वारा निर्माणाधीन फिल्ममा ओम प्रतीकको लेखन र निर्देशन रहेको छ। प्रमोद दीप, सुजता थापा, ओम प्रतीक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायतका कलाकारले अभिनय गरेको सिनेमामा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत, कविराज गहतराज र ओम प्रतीकको कोरियोग्राफी तथा रामप्रसाद चौधरीको सम्पादन रहेको छ।

कार्यक्रममा बोल्दै निर्मात्री जस्मिन श्रेष्ठले देशमा परिवर्तन ल्याउनका लागि एकजना हली नै काफी रहेको कथा यो फिल्ममा रहेको जानकारी दिइन्। अर्जुन भुसाल कार्यकारी निर्माता रहेको फिल्ममा लक्ष्मण बज्राचार्य लाइन प्रोड्युसर रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button