CINEMANEWS

यस्ताे छ लालीबजारमा स्वस्तिमाको लु्क्स

सिनेमा संसार
काठमाडौं

जात्रा सिनेमाको शृंखलामार्फत स्थापित ब्यानर षट्कोण आट्र्सले नयाँ सिनेमा लालीबजारको निर्माणअघि नै अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको छ।आगामी फागुन १ गतेका लागि रिलिज डेट तोकिएको सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेत्री खड्का भिन्न रूपमा देखिएकी छिन्। गर्भवती अवतारमा प्रस्तुत उनको शृंगार र हाउभाउले फरक चित्रण गरेको छ। उनको शारीरिक अवस्था र चाहना पोस्टरमा भिन्न देखाइएको छ। अभिनेत्री खड्काले सिनेमाको कथावस्तु र निर्माण टिमको कारणले आफू फरक रूपमा प्रस्तुत हुन तयार भएको बताइन्। ‘मेरा अघिल्ला सिनेमाभन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्नुहुनेछ। सार्वजनिक पोस्टरले पनि धेरै कुरा भनेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु’ स्वस्तिमाको भनाइ छ।

 

Related Articles

Check Also
Close
Back to top button