CINEMANEWS

माइतीघरमा माग्ने वुढाको लुक्स

सिनेमा संसार
काठमाडौं
म्याग्दीमा छायांकन भइरहेको सिनेमा माइतीघरको सेटबाट कलाकार केदार घिमिरे माग्ने वुढाको लुक्स सार्वजनिक भएको छ।
सार्वजनिक लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ। झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ। मिलन तामाङको निर्देशनमा तयार भइरहेको सिनेमा तामाङ संकृतिको सेरोफेरोमा छ। हाल म्याग्दीको ताकम गाउँमा छायाँकन भईरहेको सिनेमा २० दिनसम्म ताकम गाउँ र २० दिन दरबाङको तातोपानी क्षेत्रमा छायांकन हुनेछ।
युवराज लामा, केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय रहने सिनेमा दशैंको फूलपातिमा रिलीज गरिने पक्का गरि सकिएको छ।

सिनेमा रोहित अधिकारी फिल्म्स्को व्यानरमा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङले निर्माण गरिरहेका छन्।

Related Articles

Check Also
Close
Back to top button