BOLLYWOODHOLLYWOOD

जन्मदिनमा अमिरले चिनाए प्रेमिका

बलिउडका चर्चित अभिनेता आमिर खानले यस हप्ता ६० वर्ष पूरा गरेका छन्। आफ्नो जन्मदिन मनाउन आयोजित पार्टीमा उनले आफू फेरि प्रेममा परेको खुलासा गर्दै चर्चा कमाएका छन्। बिहीबार जन्मदिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा आमिर खानले आफ्नो जीवन र फिल्म उद्योगको यात्राबारे कुरा गरे। यस क्रममा उनले नयाँ प्रेमिकाको बारेमा खुलासा गर्दै बैंगलोरकी गौरी प्रेटसँग १८ महिनादेखि सँगै रहेको बताए।६० वर्षीय आमिरले भने,सम्बन्धहरू मेरो लागि धेरै महत्त्वपूर्ण छन्।

आमिर खानले यसअघि दुई पटक विवाह गरिसकेका छन्। पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद गरेपछि उनले किरण रावसँग विवाह गरेका थिए। रीना दत्तासँग २००२ मा अलग भएका उनी किरणसँग २०२१ मा छुट्टिए। यी विवाहबाट उनका तीन सन्तान छन्।अलग भए पनि दुवै श्रीमतीसँग राम्रो मित्रता रहेको आमिर बताउँछन्। उनीहरू मिलेर छोराछोरी हुर्काइरहेका छन्। डिभोर्सपछि किरणसँग मिलेर फिल्म लपता लेडीज मा पनि काम गरेका थिए।पत्रकार सम्मेलनमा आमिर खानले गौरी प्रेटलाई परिचय गराउनु अघि आफ्नो पुरानो फिल्म लगान सम्झे। उनले भने, “भुवनले आफ्नी गौरी भेट्टाइसकेका छन्।२००१ को फिल्म लगान मा आमिरको पात्रको नाम भुवन थियो भने ग्रेसी सिंहले निभाएको पात्रको नाम गौरी थियो।

पत्रकार सम्मेलनमा उनले ‘राजाको रानी से प्यार हो गया गीत गाए। उनले सञ्चारकर्मीहरूलाई भने,मलाई लाग्छ, तपाईंहरूले उनलाई चाँडै राम्रो अवसरमा भेट्नुहुनेछ। हामी यो कुरा गोप्य राख्न चाहँदैनौं। मैले सलमान खान र शाहरुख खानसँग उनको भेटघाट गराइसकेको छु।आमिरले गौरीबारे थप जानकारी दिँदै भने उनी बैंगलोरकी हुन्। वास्तवमा, हामी दुवैले एकअर्कालाई २५ वर्षदेखि चिन्छौं, तर डेढ वर्षअघि मात्र भेट भएका थियौं। उनी कुनै कामका लागि मुम्बई आएकी थिइन्, र हाम्रो अचानक भेट भयो। त्यसपछि हामी निरन्तर सम्पर्कमा रह्यौं, अनि सबै कुरा स्वाभाविक रूपमा भयो, जस्तो प्रेममा परेपछि हुन्छ।”

टाइम्स अफ इन्डिया का अनुसार, गौरी रीता प्रेटकी छोरी हुन्। उनकी आमाले बैंगलोरमा एउटा सैलुन चलाउँछिन् र गौरीले त्यहीँ आफ्नो जीवन बिताएकी छन्।आमिरले भने म भाग्यमानी छु कि बलियो सम्बन्धमा छु। रीनासँग मेरो सम्बन्ध १६ वर्ष रह्यो। त्यसपछि किरणसँग १६ वर्ष बिताएँ, र एक तरिकाले हामी अझै सँगै छौं। जीवनमा धेरै कुरा सिकेँ। म गौरीसँग शान्ति महसुस गर्छु।गौरीको छ वर्षको छोरा रहेको उनले बताए।डेक्कन हेराल्ड का अनुसार, आमिर खानको परिवारले गौरीलाई खुला रूपमा स्वीकार गरेको छ।आमिरले भने, गौरी अहिले मेरो प्रोडक्सन हाउसमा काम गर्छिन्।विवाहको प्रश्नमा उनले भने, “मलाई थाहा छैन, साठी वर्षको उमेरमा विवाह मलाई सुहाउँछ कि सुहाउँदैन। तर मेरा छोराछोरी खुसी छन्, र म भाग्यमानी छु कि मेरा पूर्व पत्नीहरूसँग राम्रो सम्बन्ध छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button