CINEMANEWS

सुशिल आउट ल : दफा २१९ बाट ढुक्क

सिनेमा संसार
काठमाडौं
आगामी फागुन २९ गते रिलिजमा आउने सिनेमा आउटलः दफा २१९ नामकै कारण चर्चामा छ।
मंगलबार आयोजित सिनेमाको पत्रकार भेटघाट कार्यक्रममा सिनेमाका नायक सुशिल श्रेष्ठले शिर्षकबारे प्रष्ट पारे- ‘आउटलः दफा २१९ नेपाली सिनेमा क्षेत्रका लागि नयाँ नाम हो। जब देशको कानुनले न्याय दिन सक्दैन, जब शक्ति र सत्ताको दममा जे पनि हुन थाल्छ, त्यसपछि एकजना व्यक्तिको जन्म हुन्छ र उसले कानुन हातमा लिएर न्याय दिन थाल्छ। यो सिनेमा हामीले मनोरञ्जनका लागि मात्र बनाएका होइनौंँ। सिनेमाबाट हामीले समाजमा सकारात्मक प्रभाव पार्न खोजेका छौंँ।’
के सुशीलले यो सिनेमामा निर्वाह गरेको भूमिका नकारात्मक हो? उनी खुल्छन् ‘कोही मान्छे पनि यत्तिकै नराम्रो हुँदैन। उसलाई परिस्थिती र समयले नेगेटिभ बनाउने हो। यो सिनेमामा मैले निर्वाह गरेको पृथ्वीजंग थापाको क्यारेक्टर कति कुरामा राम्रो र कति कुरामा नराम्रो पनि छ। उसलाई परिस्थितीले कानुनभन्दा बाहिर जाने अवस्था बनाउँछ। यसको कथा यही सारमा छ।’
सिनेमामा नायक श्रेष्ठले भिन्न शैलीको एक्सन गरेका छन्। तर, एक्सन गर्न सहज नभएको उनको भनाई छ। ‘एक्सन गर्न निकै नै गाह्रो रहेछ। म छायांकनको क्रममा निकै नै थकित हुन्थेँ। कट भन्ने वित्तिकै निन्द्रा लाग्थ्यो। यो सिनेमाको तयारीका क्रममा मेरो हातमा पनि गहिरो चोट लाग्यो, जुन अझै ठिक भएको छैन’ सुशिलले सुनाए।
सिनेमामा सुशीलको हातमा आगो बालेको दृश्य छ। ‘मैले पहिले राजेन्द्र खड्गी, निखिल उप्रेती दाईहरुले हातमा आगो लगाएर स्टन्टको दृश्य दिएको हेरेको थिएँ। त्यो दृश्य हेर्दा जती सहज लाग्छ, गर्दा निकै गाह्रो हुन्छ। तर, नयाँ अनुभव थियो रमाइलो भयो। दर्शकलाई पर्दामा हेर्दा पनि मज्जा आउँछ’ सुशिलले भने। विशेषगरि एक्सन सिनेमामा चुरोट नै पिउनुपर्ने, महिलाहरुलाई होच्याएर बोल्नुपर्ने कारण चाहिँ के नि? यसमा त्यस्तो दृश्य छ कि छैन, पत्रकारले सोधेको यो प्रश्नमा सुशीलले भने– ‘यो सिनेमाले महिलालाई माथि उठाउने काम गरेको छ। यो सिनेमाले महिलालाई नराम्रो देखाएकै छैन। महिलाहरुमा कति शक्ति छ र उहाँहरुलाई सम्मान गर्नुपर्छ भनेर देखाइएको छ।’
विक्की महर्जनको निर्देशनमा अमित अग्रहरिको लगानी रहेको सिनेमाको मेकिङलाई लिएर अहिले चर्चा निकै छ। सुशील यो सिनेमाबाट बलियो कमब्याक गर्नेमा ढुक्क छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button