EVENTFASHIONNEWS

नेवार सुन्दरीको प्रतिभा

सिनेमा संसार
काठमाडौं
नेप्लीज फेसन होमको आयोजनामा राजधानीमा हुने१८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिले शनिवार काठमाडौंमा आयोजित ट्यालेन्ट शोमा आफूमा भएका उत्कृष्ट प्रतिभा प्रस्तुत गरेका छन्।
एनएफएच इभेन्ट्स प्रालिकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा आयोजित ट्यालेन्ट शोमा सहभागि प्रतिस्पर्धिमध्ये अधिकांशले नेपाल भाषाका लोकप्रिय गीतमा आकर्षक नृत्य प्रस्तुत दिएका थिए। त्यस क्रममा उनीहरुले हाकु पटासीसहितको नेवारी पहिरन पहिरिएका थिए।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यमा आयोजित ट्यालेन्ट शोमा केही प्रतिस्पधिरुले समाचार वाचन, अभिनय, बाँसुरी वादन, चित्रकला, गायनमार्फत पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
ट्यालेन्ट शोमा नमुना कलेज अफ फेसन टेक्नोलोजीका भाइज प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, अधिवक्ता तथा माँ बगलामुखी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष लक्ष्मण महर्जन, गायक सुरजबीर बज्राचार्य, नेपाल लिपि गुथीका अध्यक्ष अनिल स्थापित, लायन्स क्लब इन्टरनेशनल, जिल्ला ३२५ एल का पूर्व गभर्नर मणिश्री रत्न बज्राचार्य, मिस नेवा ११३६ की उपविजेता तथा यूएनएक्स डान्स स्टुडियोकी सञ्चालक रिजिशा डंगोल निर्णायक रहेका थिए।

Related Articles

Back to top button