EVENTNEWS

कोलोराडोमा एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड हुने

सिनेमा संसार
काठमाडौं
एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करण अमेरिकाको कोलोराडो आगामी २०२५ अगस्ट ९ तारिखमा अमेरिकाको कोलोराडोस्थित बोल्डरमा हुने भएको छ। काठमाडौंमा आयोजित विशेष समारोहका बीच गत सेप्टेम्बर १५ मा न्यूयोर्कमा सम्पन्न सातौं संस्करणको औपचारिक समापन र आठौं संस्करणको मिति घोषणा गरिएको हो।
नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्यले अवार्ड आयोजना गर्न लागिएको बताइयो। अवार्डका अघिल्ला ७ संस्करण कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा भएको थियो।

Related Articles

Check Also
Close
Back to top button