CINEMANEWS

टिका पहरी र रेजिना उप्रेतीलाई हरितारा पुरस्कार

सिनेमा ससार
काठमाडौ

नेपाली सिनेमा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने कलाकारहरूलाई सम्मान गर्ने उद्देश्यले प्रदान गरिँदै आएको हरितारा चलचित्र पुरस्कार यस वर्ष अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रेतीलाई प्रदान गरिने भएको छ । पुरस्कार प्रदान गर्ने संस्था परिवर्तन नेपालले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।संस्थाले वर्ष २०८० सालको पुरस्कार अभिनेता पहारी र २०८१ सालको पुरस्कार उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ । सो पुरस्कारको राशी पच्चिस हजार रुपि“या रहेको छ।
हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठकले २०८० सालको पुरस्कार वरिष्ठ अभिनेता टिका पहारीलाई र २०८१ सालको पुरस्कार चर्चित अभिनेत्री रेजीना उप्रेतीलाई दिने निर्णय गरेको हो ।
अभिनेता पहरी ४ दशकदेखि नेपाली चलचित्रको उत्थान र नेपाली कला संस्कृतिको प्रवद्र्धनमा सक्रिय छन् भने उप्रेतीले दुई दशकभन्दा बढी समयदेखि अभिनयमार्फत नेपाली चलचित्रको क्षेत्रमा योगदान दिँदै आएकी छन्। यसअघि यो पुरस्कार बसुन्धरा भुषाल, भुवन चन्द, कृष्ण मल्ल, मदन दास श्रेष्ठ, रविन्द्र, खड्का, मिनाक्षी आनन्द, विश्व बस्नेत, लय संग्रौला रेखा थापा, दिनेश डि.सी, शान्तिप्रिय, विदुर गिरी, करिष्मा मानन्धर, दीपक राज गिरी, दिपा श्री निरौला लगायत चर्चित कलाकारहरूले प्राप्त गरिसकेका छन् ।
यस्तै बैठकले यसै वर्ष देखि नगद दश हजार रुपि“याको हरितारा चलचित्र पत्रकारिता पुरस्कार अर्पण गर्ने पनि निर्णय गरेको छ । स्थापना वर्षको हरितारा चलचित्र पत्रकारिता पुरस्कार संचारकर्मी विष्णु सुवेदीलाई अर्पण गर्ने निर्णय गरेको छ ।
साथै, चलचित्र निर्माण, निर्देशन र अभिनयमा योगदान पुर्‍याउँदै आएका अभिनेता रविन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जेबि रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे), अभिनेता सुनिल कटुवाल लाई परिवर्तन चलचित्रकर्मी विशेष सम्मान २०८१ अर्पण गरिनेछ ।
त्यस्तै परिवर्तन चलचित्र पत्रकारिता सम्मान २०८१ संचारकर्मी तुलसी गिरी भावुक कृष्ण भुषाल, र कमला जोशीलाई प्रदान गरिनेछ । पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ, र शान्तिप्रिय सम्मिलित समितिले गरेको हो ।
सो पुरस्कार र सम्मान विशेष समारोहमार्फत जेठको पहिलो हप्तामा प्रदान गरिनेछ । उक्त कार्यक्रमको संयोजन निर्देशक देवेन्द्र पाण्डे र सञ्चालन परिवर्तन नेपालका मानार्थ समेत रहेका निर्देशक माधव राज खरेलले गर्ने जनाइएको छ।

त्यस्तै यस वर्षदेखि हरितारा चलचित्र पत्रकारिता पुरस्कारको स्थापना भएको छ।यसवर्षको पुरस्कार चलचित्र पत्रकार विष्णु सुवेदीलाई नगद १० हजार राशी सहित प्रदान गरिने जनाइएको छ । संस्थाका अध्यक्ष मोहन निरौलाका अनुसार २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी)ले आफू र आफ्‌ना पति हरि शमशेरको नाममा अक्षयकोष खडा गर्दै पुरस्कारको स्थापना गरेकी थिईन्।
४ दशक र उप्रेती २ दशकदेखि अभिनयमा सक्रिय छन् । यस्तै, श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार कलाकार करण ढुाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई प्रदान गर्ने निर्णय गरेको छ ।सोही बैठकले नेपाली फिल्म क्षेत्रको विकास र विस्तारमा योगदान दिएको भन्दै फिल्मकर्मी रवीन्द्रसिंह बानियाँ, अमर ओली, जेबी रुवाली, सविन श्रेष्ठ, गोपाल ढकाल र सुनिल कटुवाललाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।

जेबि रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे) र अभिनेता सुनिल कटुवाललाई उक्त सम्मान अर्पण गर्ने निर्णय गरेको हो ।

Related Articles

Check Also
Close
Back to top button