CINEMANEWS

शिव रेग्मीको भाञ्जी हर्ष बनाउँदै

खगेन्द्र र आँचल फाइनल

सिनेमा संसार
काठमाडौ
अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्मा अब जोडीका रुपमा देखिने भएका छन्। उनीहरुलाई जोडीको रुपमा प्रस्तुत गर्दै हर्ष नामक सिनेमा बन्ने भएको हो।
सिनेमा डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन्। एकता पौडेल लोकप्रिय निर्देशक स्व. शिव रेग्मीकी भान्जी हुन्। उनले न्यूयोर्क फिल्म एकेडेमीबाट सिनेमा मेकिङ अध्ययन गरेकी छन्। आमसञ्चारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन्। उनले केही छोटा सिनेमा पनि बनाएकी छन्।
ई प्राइम मुभिजको ब्यानरमा बन्ने सिनेमामा हाललाई प्रमुख कलाकारमा खगेन्द्र र आँचलमात्र फाइनल भएका छन्। प्रशन्न पौडेल र विकास पौडेल (चितवन) ले निर्माण गर्ने सिनेमामा आलोक शुक्लाको सिनेमाटोग्राफी र ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन्। सिनेमामा हिक्मत चोखल (चितवन) कार्यकारी निर्माता रहेका छन्।

 

Related Articles

Check Also
Close
Back to top button