CINEMA

दिलिप रायमाझीकी छोरी दिव्याको पहिलो फिल्मको शुभ मुहुर्त

 

सिनेमा संसार सम्वाददाता
काठमाडौं ।
लोकप्रिय अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझीको पहिलो सिनेमा एक्टरको शूभ मुहुर्त गरिएको छ। मंगलवार बिहान भैसेपाटीस्थित कार्य विनायक मन्दिरमा वैदिक विधिद्वारा हवन यज्ञ सहित सिनेमाको शुभ साइत गरिएको हो ।सिनेमामा दिव्याका साथ अभिनेता प्रदीप खड्का, अभिनेत्री आना शर्मा, दिव्यदेव, सुशील सिटौला लगायतको अभिनय रहने छ। राजन भूषालको डेब्यु निर्देशनमा बन्ने फिल्म थमन कुमार भण्डारीले निर्माण गर्ने भएका छन्।सिनेमा वैशाख २० गतेदेखि फ्लोरमा जानेछ।

Related Articles

Back to top button