CINEMANEWS

चौका दाउ टोली हेटौंडामा

सिनेमा संसार संवाददाता
हेटौंडा
चौका दाउ सिनेमाको टोलि देश दौडाहाको क्रम्मा ३ नम्बर प्रदेश राजधानी हेटौडा आईपुगेको छ। मंगलबार हेटौडाँका पत्रकारहरुसँग साक्षात्कार गर्दै सिनेमाले कमेडी कथा उठान गरेको टोलीले जनायो।
चलचित्र पत्रकार संघ मकवानपुरले संयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै सिनेमाका निर्देशक पुर्णेन्द्रु झाले नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यव्यग्यको रुपमा सिनेमा देखाईएको बताए।
काठमाडौ उपत्यका आसपासमा छायाँकन भएको चौका दाउमा करोड माथिको लगानि रहेको जनाउँदै सिनेमाले उठान गरेका बिषय बस्तु यर्थातपरक रहेको निर्देश्क झा ले बताए। उनले सिनेमाको गीत र टे«लरबाट राम्रो प्रतिकृया पाएको तथा सिनेमा हेर्दा बोर फिल नहुने बताए। नायिका वर्ष राउतले यस चलचित्रले समाजमा हास्यव्यग्यमार्फत सकारात्मक सुचना दिने विश्वास लिएको बताईन्। उनले सिनियर कलाकारहरुसँग काम गर्दा महशुष भएको बताईन्। आफु चार जना कलाकारको दाउमा पर्ने मुख्य भुमिकामा रहेको उनले खुलाईन्। अभिनेता सन्तोष पन्तले लामो समयपछि आफुले सोचेको र फिट हुने सिनेमामा काम गरेको भन्दै मुख्य जिम्बेवारी बहन गरेको बताए। सिनेमा आगामी पौष २७ गते देखी प्रर्दशनमा आउनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button