BOLLYWOOD

दिपिकाको लेडि सिंघम रुप सार्वजनिक

बलिउड फिल्म सिंघम अगेनमा अभिनेत्री दिपिका पादुकोण लेडी सिंघमको रुपमा देखिने छिन्। हालै दिपिकाको लेडि सिंघमको लुक्स सार्वजनिक भएको छ।फिल्ममेकर रोहित शेट्टीले आफ्नो आगामी फिल्मबाट दिपिकाको लुक्स सार्वजनिक गरेका हुन्। फिल्ममा दीपिकालाई कप-युनिभर्सकी लेडी सिंघमको अवतारमा देख्न सकिन्छ। सो तस्विरमा दीपिका भारतीय प्रहरीको पोशाकमा देखिएकी छन् ।दीपिकाको फोटो सेयर गर्दै रोहित लेख्छन् ॅमेरो हिरो रिलमा पनि र वास्तविकतामा पनि’। फिल्मलाई महिला प्रधान कप-भर्स हुने भनिएको छ।सिंघम अगेनमा अजय देवगण, करिना कपुर, अर्जुन कपुर, अक्षय कुमार, टाइगर श्राफ र रणवीर सिह“को पनि अभिनय रहनेछ।

Related Articles

Back to top button