
सिनेमा संसार
काठमाडौं हलिउड सिनेमा ट्वाइलाइटको श्रृंखलाबाट विश्वभर प्रख्यात बनेकी अभिनेत्री क्रिस्टन स्टीवर्टले आफ्नी प्रेमीका एवम सिनेमा लेखिका डिलन मेएरका साथ विवाह गरेकी छन्।
क्रिस्टनले लगभग ६ वर्षदेखि डिलन मेयरका साथ डेट गरिरहेकी थिइन् । अभिनेत्रीले महिलाका साथ विवाह गरेपछि उनीहरुको विवाहको तस्वरीले यति बेला सामाजिक सञ्जालमा खलबली मच्चाएको छ। हुन त धेरै वर्ष अघि नै क्रिस्टनले आफू बाइसेक्सुअल भएको घोषणा गरेकी भए पनि धेरैलाई यो कुरा थाहा थिएन्।३५ वर्षीया स्टीवर्ट र ३७ वर्षीया मेयरले इस्टरको अवसरमा गत आईतवार लस एन्जलसस्थित घरमा विवाह गरेका हुन् ।तीन वर्षअघि इन्गेजमेन्ट गरेका क्रिस्टेन र डिलनको भेट एक फिल्ममा काम गर्ने क्रममा भएको थियो। सन् २०१९ मा उनीहरूको प्रेम सम्बन्धको हल्ला बाहिर आएपछि त्यसको केहि समयमा दुवैले इन्स्टाग्राममार्फत आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए। सन् १९९० मा अमेरिकामा जन्मिएकी क्रिस्टन १२ वर्षको उमेरदेखि नै ग्ल्यामर दुनियँमा प्रवेश गरेकी थिईन्।