FASHION

मिस नेपाल अमेरिकामा हुँदै

सिनेमा संसार संवाददाता
काठमाडौं
विगत ५ वर्षदेखि अमेरिकामा हुँदै आएको मिस नेपाल युएसए यस वर्ष पनि हुने भएको छ।
अमेरिकाका विभिन्न राज्यमा छरिएर रहँदै आएका नेपाली युवतीहरुबिच अमेरिकामै हुने छैटौं संस्करणको मिस नेपाल यूएसए–२०१८ का लागि २१ प्रतियोगी छानिएको आयोजकले जनाएका छन्।
अमेरिकाको टेक्सास राज्यको डालस शहरमा १९ अगस्टमा आयोजना आयोजना हुने प्रतियोगिताको अन्तिम स्पर्धामा लाक्पा शेर्पा, नेलिया गुरुड, अदीति श्रेष्ठ, वर्षा बराल, बीएन्का अधिकारी, बिना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, आइशा ओझा, पोसा थापा, सुकृती ढुंगेल, जया त्रिपाठी, एन्जिला पौडेल, प्रवेशीका खत्री, प्रियंका तिमिल्सेना, सपना महर्जन, श्रेया नेपाली, सुजना रूपाखेती, सुशाना पोखरेल र स्वीकृति भट्टराईबीच प्रतिस्पर्धा हुनेछ।
प्रत्येक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिता सन् २०११ देखि अमेरिकामा शुरू भएको हो। प्रतियोगिता नेपालमा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको ईप्लानेट प्रालिको सहकार्यमा इभेन्ट प्लानेट इन्कले आयोजना गर्दै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button