EVENTFASHION

मिसेस नेपाल आईडल उपाधि सृजनालाई

सिनेमा संसार संवाददाता
काठमाडौं
तेस्रो सिजनको मिसेस नेपाल आईडलको उपाधी सृजना श्रेष्ठले चुमेकी छिन्। उनले उपाधीसहित मष्ट ईन्टलिजेन्ट र मष्ट पपुलरको अवार्ड पनि पाइन।
राजधानीमा सम्पन्न प्रतियोगितामा सिम्रन वाईबा फष्ट रनर्सअप हुँदै बेष्ट ट्यालेन्टको उपाधी पनि जितिन् भने गंगा पौडेल सेकेण्ड रनर्सअप हुँद मष्ट कन्फिडेन्सको उपाधि पनि जितिन्। अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा कृष्णकुमारी श्रेष्ठ मष्ट स्मार्ट, इन्दिरा श्रेष्ठ बेस्ट ड्रेससुशिला तामाङ मष्ट चार्मिङ, सिमा थापा खड्का बेष्ट पर्सानालिटी, रजनी गुरुङ मष्ट एट्रक्टिभ, रमा रश्मी बेष्ट स्माईल, मधु सुनार बेष्ट स्किन, सुशिला गुरुङ मष्ट एक्टिभ, इन्दिरा श्रेष्ठ बेष्ट हेयर,सुजता श्रेष्ठ बेष्ट फोटोजेनिक, र सिमा थापा खड्का मिसेस पब्लिक च्वाईस अवार्ड विजेता भए।
प्रतियोगिताका प्रतियोगीहरुलाई कोरियोग्राफर हिमानी सुब्बाले १ महिना लामो प्रशिक्षण दिएकी थिईन्। गायक, संगीतकार एबं साहित्यकार बुलु मुकारुङ प्रमुख निर्णायक रहेको प्रतियोगितामा गायक एबं र्यापर निर्णय एनएसके, मिस नेपाल २००५ सुगारिका केसी, मिसेस मंगोल बिजेता धनमाया मगर थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button