MUSIC

आंशुको भिडियो सार्वजनिक

सिनेमा संसार संवाददाता
काठमाडौं
गायक आँशु लामाद्वारा गाइएको आधुनिक गीत तिम्लाई देखेरको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा शब्द र संगीत आँशु लामकै रहेको छ। निर्भाना कला केन्द्रको प्रस्तुतिमा बनेको गीतको म्युजिक भिडियोमा रमेश रम्तेल, सगुन शाही ठकुरी र चन्द्र पुलामीले अभिनय गरेका छन्। भिडीयोमा गोपाल थापाले कोरीयोग्राफी गरेका छन् भने निर्देशन, छायांकन र सम्पादन विष्णुहरी तिमल्सीनाले गरेका छन्।
गीतमा वियोगपछि भेट भएकी प्रेमीकासामु प्रेमीले आफ्नो भावना पोखेका छन्। म्युजिक भिडियो विरेन लामाले निर्माण गरेका हुन्। भिडियो गीतको भावअनुसार कथानक शैलीमा बनेकाले फिल्म हेरेजस्तो महशुष हुने निर्भानाका अध्यक्ष रमेश श्रेष्ठले बताए। म्युजिक भिडियो निर्भाना टिभी नेपालको आधिकारीक च्यानलबाट सार्वजनिक गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button