
सिनेमा संसार
काठमाडौं
गायिका तथा मोडल सारिका घिमिरेले गुन भुल्यौ पित्तलको सुन पायौं होलाको अपार सफलतापछि गुन भुल्यौ–२ साइला दाइ सार्वजनिक गरेकी छन्।
सारिकाकै शब्द, संगीत र स्वर रहेको गीतमा मनोज परियार
को मिक्सिङ र मास्टरिङ रहेको छ। केशवराज भट्टको निर्देशनमा तयार भएको गीतको भिडियोमा करण चैसिरको छायांकन र मनोज कार्की को सम्पादन रहेको छ। प्रेमविछोडको पीडा समेटिएको गीतको भिडियोमा सारिका घिमिरेसँगै सौर्य तिरुवा र जेरी भण्डारीको अभिनय रहेको छ।
गायन, मोडलिङ, अभिनय र सिर्जनाको यात्रामा डेढ दशक बिताइसकेकी सारिकाको यस गीतका अंशहरू टिकटक र रिल्समा समेत लोकप्रिय बन्दै गएका छन्। भिडियो उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।




