CINEMANEWS

नाक्छोङ हङकङमा प्रदर्शन हुँदै

सिनेमा संसार
काठमाडौं
किरात राई समुदायको मौलिक संस्कृति र परम्परागत मूल्य–मान्यतामा आधारित सिनेमा नाक्छोङ -बिजुवा) हङकङमा प्रदर्शन हुने भएको छ। सिनेमा आगामी अप्रिल ५ मा हङकङमा विशेष शोमार्फत दर्शकमाझ प्रस्तुत गरिने निर्माण टिमले जनाएको छ।
किरात राई यायोक्खा हङकङको मुख्य आयोजनामा तथा यससँग आबद्ध ८ वटा भाषिक संस्थाको सह–आयोजनामा सिनेमा प्रदर्शन हुन लागेको हो। सिनेमाले आजको बदलिँदो परिवेशमा किराती युवापुस्ता आफ्नो सांस्कृतिक जराबाट टाढिँदै गएको यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। विशेषगरी नाक्छोङ -बिजुवा) को महत्व, यसको अभावले समुदायको रीतिरिवाज, कुलपितृ, विवाह तथा मरणसंस्कारमा पार्ने प्रभावबारे सचेतना फैलाउने उद्देश्य सिनेमाले बोकेको छ।
निर्माता ज्योतीराज राईका अनुसार शो हङकङको जेडी मल, नाथम रोड, जोर्डनमा आयोजना हुनेछ।
सिनेमाका निर्देशक किरण राई हुन्। उनले यसअघि लुङ्गा र जिउपंचौ जस्ता सिनेमा निर्देशन गरिसकेका छन्। सिनेमाको कथा पनि स्वयं निर्देशक राईकै हो। सिनेमामा भुवन सिंह राई, यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, हेम दिलुङ्गछा राई, उदय सुब्बा कुरुङबाङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई र उत्तम राईलगायका कलाकारले अभिनय गरेका छन्।
बाबु श्रेष्ठको छायांकन रहेको सिनेमामा राजन मुकारुङ र विष्णु किरातीका शब्द तथा दिनेशकाजी वान्तवा र अनिल कोई राईको संगीत रहेको छ। निर्माता ज्योतीराज राईले यसअघि त्रिवेणी, पापी मान्छे र वान वे जस्ता सिनेमा तथा टिभी सिरिज निर्माण गरिसकेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button