CINEMANEWS

पल शाह निर्माता बन्दै, फस्टलुक सार्वजनिक

सिनेमा संसार
काठमाडौं
नेपाली सिनेमा क्षेत्रमा नयाँ प्रेमकथाको तरंग ल्याउने तयारीमा रहेका अभिनेता पल शाह अब निर्माणमा पनि सक्रिय देखिएका छन्।
उनकै प्रस्तुति रहने सिनेमा यानीमाया : रिदम अफ लभको फस्टलुक सार्वजनिक गरिएसँगै चर्चा सुरु भएको छ। सार्वजनिक फस्टलुकमा पलसँग नव–नायिका अञ्जना मगरको रोमान्टिक अवतार देखिन्छ। यसअघि म्युजिक भिडियोमार्फत सहकार्य गरिसकेको यो जोडी पहिलोपटक ठूलो पर्दामा सँगै देखिन लागेको हो।
सिनेमाको निर्देशन ओम प्रतिकले गर्दैछन्। उनले यसअघि पल शाह अभिनीत मोहर निर्देशन गरेर दर्शकको ध्यान खिचेका थिए। त्यसयता फेरि यही टिम नयाँ कथासहित एकजुट भएको हो।
निर्माण टिमका अनुसार, सिनेमाको छायांकन आगामी जेठ १ गतेबाट सुरु गर्ने तयारी गरिएको छ। सिनेमा पल शाह फिल्म्सको प्रस्तुति रहनेछ भने लगानी पल शाहसँगै चन्द्र ज्योती आलेको पनि रहनेछ।
यानीमायालाई प्रेमको धुनका रूपमा प्रस्तुत गरिएकाले, यसले संगीत र भावनाले भरिएको गहिरो प्रेमकथा बोकेको अनुमान गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button