CinemaSansar TVNEWS

मदनकृष्ण श्रेष्ठको असली कथा : हासोपछाडिको पीडा सार्वजनिक

सिनेमा संसार
काठमाडौं
नेपाली हास्यव्यंग्यका अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनका कहिल्यै सार्वजनिक नभएका गहिरा अनुभव र पीडाहरू पहिलोपटक असली कथा ः नभिएका कथा नामक युट्युब शोबाट साझा गरेका छन्।
सधैं दर्शकलाई हसाउने कलाकारका रूपमा परिचित श्रेष्ठले यस कार्यक्रममा आफ्नो जीवनका ती पाटा उजागर गरेका छन्, जहाँ हाँसोभन्दा बढी संघर्ष, पीडा र आत्मबल लुकेको छ। उनले बाल्यकालदेखि कलाकार बन्ने यात्रासम्मका उतारचढाव, विश्वास र अविश्वासबीचको संघर्ष तथा कहिल्यै हार नमानेको साहसको कथा सुनाएका छन्।
नेपाली मनोरञ्जन क्षेत्रमा हरिवंश आचार्यसँगको सहकार्यमा बनेको मह जोडी नेपाली दर्शकमाझ अत्यन्त लोकप्रिय छ। दशकौँदेखि यो जोडीले प्रहसन, टेलिभिजन, रेडियो, रंगमञ्च र सिनेमामार्फत समाजलाई हँसाउने मात्र होइन, यथार्थ बोल्ने सशक्त माध्यमको रूपमा स्थापित भएको छ।

मह अर्थात् मदनकृष्ण र हरिवंशको संगमले नेपाली हास्यव्यंग्यलाई नयाँ उचाइमा पु¥याएको छ। उनीहरूको प्रस्तुतिमा मनोरञ्जनसँगै सामाजिक सन्देशको सन्तुलित मिश्रण पाइन्छ, जसले दर्शकको मनमा गहिरो प्रभाव छोड्दै आएको छ।
बहुआयामिक प्रतिभाका धनी श्रेष्ठ केवल हास्य कलाकारमा सीमित नरही गायक, संगीतकार र गीतकारका रूपमा पनि उत्तिकै स्थापित छन्। उनका सांगितीक सिर्जनामा माया, पीडा, आशा र समाजका यथार्थ झल्किने गर्छन्।
असली कथाÚ कार्यक्रममा उनले पत्नी वियोगपछिको मानसिक अवस्था, छोरा बुहारीबाट पाएको साथ, साथै पार्किन्सन रोगसँगको संघर्षसमेत खुलेर व्यक्त गरेका छन्। कठिन अवस्थाबीच पनि अभिनय र संगीतप्रतिको समर्पणले आफुलाई निरन्तर अघि बढाइरहेको उनले बताएका छन्।
कार्यक्रममा श्रेष्ठले जीवनका ती सबै नभनिएका कहानी आफ्नै शब्दमा प्रस्तुत गर्दै दर्शकलाई भावुक बनाउने विश्वास लिइएको छ। पुरा सामग्री भिडियो लिंकमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button