CINEMANEWS

२३ दिनमै सकियो कमला मिसको छायांकन

सिनेमा संसार
काठमाडौं
वरिष्ठ अभिनेता तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भइरहेको सिनेमा कमला मिसको छायांकन सम्पन्न भएको छ।
निर्माण टिमका अनुसार फागुन १ गतेबाट सुरु गरिएको सिनेमाको छायांकन मंगलबार सकिएको हो। लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) का अनुसार करिब २३ दिनमा सिनेमाको सुटिङ पूरा गरिएको हो। बीचमा चुनावका कारण तीन दिन छायांकन रोकिए पनि निर्धारित समयमै काम सकिएको उनले बताए।
मनोवैज्ञानिक कथावस्तुमा आधारित कमला मिसमा निर्देशक निर शाहसहित रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, संजय खतिवडालगायतका कलाकारको अभिनय रहेको छ।
सिनेमा विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेकी हुन्। कार्यकारी निर्मातामा उमेश मल्ल र चैतन्य प्रधान छन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) रहेका छन्। सिनेमाको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर्देशक निर शाह र प्रजल दुलालले तयार पारेका हुन्। सिनेमामा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

करिब १० वर्षपछि निर्देशनमा फर्किएका निर शाहले यसअघि वासुदेव, पच्चीस वसन्त, राजमती, वसन्ती, मसान र सेतोबाघ जस्ता चर्चित सिनेमा निर्देशन गरिसकेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button