MUSICNEWS

संगीतकर्मी संघको नयां कार्यसमिति गठन

सिनेमा संसार संवाददाता
काठमाडौं
राष्ट्रिय संगीतकर्मी संघको नयाँ कार्यसमिति गठन भएको छ । १८ औं वार्षिक साधारणसभाबाट गायक प्रकाश कटुवाल अध्यक्ष चयन भएका छन् भने उपमहासचिव, सचिव र सहसचिव बाहेकका अन्य पद सर्वसम्मत चयन भएको छ । वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती र उपाध्यक्षमा रमेश दुलाल (कागे), कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ (मिलन) चयन भएका छन्। महासचिवमा विनोद ढकाल, उपमहासचिवमा मानबहादुर तामाङ र रवीन्द्र रिमाल चयन भएका छन् । सचिवमा दिनेश डाँगी, शोभा थापा, आशा लामा र रूपक परियार निर्वाचित भए ।
स्मृति गौतम सहसचिव, सविन चौहान प्रवक्ता, विन्द गौतम कोषाध्यक्ष र सहकोषाध्यक्षमा टीका सानु निर्वाचित भए । सदस्यमा नवराज भट्टराई, कुलबहादुर वली, दिनेश भण्डारी, नकुलप्रसाद गौतम, प्रदीप रोक्का, अशोक सापकोटा, रुपेश पुडासैनी, ऐनबहादुर दौड्याल, दिलु बिसी, ढकबहादुर खत्री, उमेश सिवाकोटी, दिलबहादुर भण्डारी, यज्ञकुमारी रुचाल, शंकर ढकाल, सुमी श्रेष्ठ, निरुता खत्री, प्रतिमा अर्याल र सुजाता केसी निर्वाचित भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button