CINEMANEWS

अन्यायविरुद्वको विगुल

सिनेमा संसार
काठमाडौं
नेपाली समाजको यथार्थ, राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको सिनेमा बिगुलको ट्रेलर आइतबार सार्वजनिक गरिएको छ।
रमेश कोइरालाद्वारा निर्देशीत सिनेमाको तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी, सामाजिक न्याय, पारिवारिक उल्झन, पुस्ताबीच बिचारको मतभेद, जिम्मेवारी तथा निमुखा जनतामाथि राजनैतिक नेतृत्वले गर्दै आएको खेलबाडको बिषय प्रस्तुत गरिएको छ।
सिनेमामा देशमा आसन्न आम निर्वाचनको सन्दर्भमा उठान गरिएको बिषयबस्तुले जनमानसमा सही नेतृत्व चयन गर्न मार्ग निर्देश गर्ने देखिएको छ। ट्रेलरमा अभिनेत्री बेनीशा हमाल, अभिनेता नरेन खड्का, बिनोद न्यौपानेलगायतले युवा पुस्ताको भावना सम्प्रेषित गरेका छन्।
दिनेश कोइरालाको कथा र निर्माण, कल्पना पौडेलको प्रस्तुति, सूर्य कान्त कोइराला र महेश कोइराला सहनिर्माण रहेका सिनेमामा बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह, हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जेएन घिमिरे, गीता अधिकारी, मानश्री शर्माका साथमा रविन्द्र खड्काले विशेष भूमिकामा अभिनय गरेका छन। नवनायिकाका रुपमा मिरा पण्डितले डेब्यु गरेकी छिन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button