CINEMANEWS

जेनिशा मानन्धरको उपन्यास राजमती रिइम्याजिन्ड सिड्नीमा सार्वजनिक

सिनेमा संसार

काठमाडौं

मोडल तथा साहित्यकार जेनिशा मानन्धरको उपन्यास राजमती रिइम्याजिन्ड हालै अस्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ। प्रोजेक्ट बाक्खा प्रोडक्सनले पहिलोपटक आयोजना गरेको कार्यक्रममा नेपाली समुदाय, साहित्यप्रेमी तथा संस्कृति रुचाउनेहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लेखक मानन्धरले पुस्तकको अंश वाचन गरेकी थिइन् भने सहभागीहरूले प्रश्नोत्तर र पुस्तक हस्ताक्षरजस्ता रोचक गतिविधिमा भाग लिए।

मानन्धरका अनुसार राजमती रिइम्याजिन्ड नेपाल भाषाको चर्चित गाथा राजमतीको आधुनिक पुनर्कल्पना हो। मौलिक लोकगीतले राजमतीलाई सौन्दर्यको प्रतीकका रूपमा प्रस्तुत गरे पनि उपन्यासमा उनलाई समसामयिक दृष्टिकोणबाट चित्रण गरिएको छ। पुस्तकले प्रेम, मित्रता र आत्म–उपचारका कथा समेटेको छ। साथै लोकगीत, सिनेमा र सांस्कृतिक सन्दर्भलाई संकेत गर्ने विभिन्न इस्टर–एग पनि समावेश गरिएका छन्।‘यो पुस्तक मेरो संस्कृतिप्रतिको प्रेम हो, जुन नयाँ पुस्तालाई नेवार संस्कृति चिन्न मद्दत गर्ने प्रयास पनि हो,’ कार्यक्रममा बोल्दै लेखक मानन्धरले भनिन्।

काठमाडौंमा जन्मे–हुर्केकी जेनिशा सानैदेखि साहित्य, संस्कृति र कथा–कथनमा रुचि राख्थिन्। हाल सिड्नीमा बसोबास गर्दै उनले बहुसांस्कृतिक अनुभव र मानवीय भावनालाई आफ्ना लेखनमा उतार्दै आएकी छन्। सन् २००३ मा किड क्विनकी सेकेन्ड रनर्सअप रहेकी उनी नेप्लिज फेशन होम की चिफ कोअर्डिनेटरका रूपमा मिस नेवाः प्रतियोगितामा समेत सक्रिय रहिन्। साथै, लीभ ईट इन्टरटेन्मेन्टमार्फत भाषा, नेवारी संस्कृति र संरक्षणका लागि सक्रिय भूमिका खेल्दै उनले अष्ट्रेलियामा रहेर पनि सांस्कृतिक टेलिफिल्म निर्माण गरी युट्युबमार्फत सार्वजनिक गर्दै आएकी छन्।उनका प्रकाशित कृति लस्ट लेटर्स (पहिलो उपन्यास), मुभिङ फर्वर्डलुमन्तीज मेमोरी हुन्। राजमती रिइम्याजिन्ड उनको चौथो पुस्तक हो। प्रोजेक्ट बाक्खा प्रोडक्सनले प्रकाशन गरेको पुस्तक अमेजन, अमेजन किन्दल र प्रोजेक्ट बाक्खा स्टोरमार्फत विश्वव्यापी रूपमा उपलब्ध छ।

Related Articles

Back to top button