CINEMANEWS

अभिनेता बिपिन कार्की र रमेश उप्रेतीले गरे रविको समर्थनमा हस्ताक्षर

सिनेमा संसार

काठमाडौं

चर्चित अभिनेता विपिन कार्की आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय कार्यालय पुगेर पार्टीले सञ्चालन गरिरहेको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानमा सहभागी भएका छन्।रास्वपाका अध्यक्ष रवि लामिछानेमाथि भइरहेको राजनीतिक व्यवहारको विरोध स्वरूप चलाइएको सो अभियानमा हस्ताक्षर गर्दै उनले आफू नागरिकको हैसियतले अन्यायको विरोधमा उभिन जरुरी ठानेको बताए।पार्टीले आफ्‌नो तेस्रो स्थापना दिवसको अवसर पारेर ७ असारदेखि सो अभियान सुरु गरेको हो। यस अभियानमा अर्का अिभनेता रमेश उप्रेती पनि सरिक भएका छन्। उनले पनि आईतवार पार्टी कार्यालय पुगेर हस्ताक्षर गरेका थिए।

Related Articles

Check Also
Close
Back to top button