MUSICNEWS

निको भएर परिक्षामा सामेल भइन रचना

सिनेमा संसार
काठमाडौं
गायिका रचना रिमाल निको भएपछि बुधबारदेखि सुरु भएको स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षामा सहभागी भएकी छन् ।
संगीत विषयमा प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा अध्ययनरत रचनाले परीक्षामा भाग लिएकी हुन् । केहि दिन अघि आन्द्राको संक्रमण भएपछि ह्याम्स अस्पतालमा भर्ना भएर उपचार गराएकी उनी शनिबार डिस्चार्ज भएकी थिइन्। आफ्‌नो स्वास्थ्य समस्याका कारण परिक्षामा सोचेअनुसार तयारी गर्न नसकेको रचना आफैले सामाजिक सञ्जालमार्फत बताएकी छन्। उनी लेख्छिन् स्वास्थ्य समस्याले सोचेजस्तो तयारी पूरा गर्न नसकेपनि सकेको राम्रो गर्ने प्रयास गर्नेछु
गतसाता सांगीतिक प्रस्तुति दिन रुकुम पश्चिम जाने क्रममा उनी बिरामी परेकी थिइन् । त्यसपछि सेनाको हेलिकोप्टरबाट उद्वार गरेर रचनालाई नेपालगञ्ज हु“दै उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button