
सिनेमा संसार
काठमाडौं
नेपाली सिनेमा पिताम्बर ले प्रदर्शनको ५१ दिन पूरा गरेको छ। गत चैत २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको यो सिनेमाले राजधानीका रञ्जना सिनेप्लेक्स, विश्वज्योति, बिएसआर र बिग मुभिजमा लगातार ५१ दिन प्रदर्शनमा रही सफलता हासिल गरेको हो।यस अवसरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै निर्माण टोलिले पिताम्बर २ निर्माण गर्ने औपचारिक घोषणा गरेको छ। कार्यक्रममा सिनेमामा आबद्ध कलाकार, प्राविधिक र सहयोगीहरूलाई सम्मान गरिएको थियो।
निर्देशक कृषा चौलागाईंले दर्शकको माया र सहयोगले सिनेमाले यो मुकाम हासिल गर्न सफल भएको भन्दै आगामी श्रृंखलामा अझ परिष्कृत र सशक्त प्रस्तुति दिने प्रतिवद्धता जनाइन्। उनले दर्शकहरूको प्रतिक्रिया र अनुभवका आधारमा नयाँ संस्करणमा सुधार गरिने पनि स्पष्ट पारिन्।सिनेमामा प्रदीप खड्का, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, र दिव्या रायमाझी लगायतका कलाकारको सहभागिता रहेको छ।