BOLLYWOODEVENTHOLLYWOOD

थाई सुन्दरी ओपलले जितिन् मिस वर्ल्डको ताज

सिनेमा संसार
काठमाडौं
वर्ष २०२५ को विश्व सुन्दरीको ताज थाइल्याण्डले चुमेको छ। थाइ सुन्दरी ओपल सुचाता चुआंगश्रीले ७२ औं मिस वर्ल्डको उपाधि जेतेकी छन्। शनिवार भारतको तेलांगानास्थित हैदराबादमा आयोजित मिस वर्ल्डको ग्राण्ड फिनालेमा २१ वर्षिया उनले सो उपाधि जितेकी हुन्। अन्तर्राष्ट्रिय सम्बन्धकी विद्यार्थी र मानवशास्त्रमा रुचि राख्ने ओपल क्यान्सर रोग विरुद्धकी अभियान्ता समेत हुन्। नेपालसहित १०८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेको समारोहमा ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज पहिर्‍याएकी थिइन्।राजदूत बन्न चाहना राख्ने उनी विगत चार वर्षदेखि मोडलिङको क्षेत्रमा सक्रिय छन्। मिस रत्नकोसिन नामक प्रतियोगितामा भाग लिएर ब्युटि प्याजेन्टमा शुरुवात गरेकी उनले सो बेला उपाधि त जितिनन् तर धेरैको नजमा पर्न सफल भईन्। सन् २०२२ मा मिस युनिभर्स थाइल्याण्डमा भाग लिएर तेस्रो भएकी उनी दोस्रो उपविजेताले राजीनामा दिएपछि दोसो विजेता बनिन्।सन् २०२४ मा मिस युनिभर्स थाइल्याण्डमा भाग लिएकी उनीले सो ताज आफ्‌नो पोल्टामा पार्दै लगभग १२५ देशका प्रतिस्पर्धीका साथ मिस युनिभर्समा थाइल्याण्डको प्रतिनिधित्व गरेकी थिइन्।मिस युनिभर्समा भने उनी तेस्रो रनर–अप भएकी थिइन्।मिस वर्ल्डको ताज जितेपछि उनलाई १० लाख अमेरिकी डलर पुरस्कार दिईएको छ।समारोहमा इथियोपियाका प्रतियोगी दोस्रो र पोल्याण्ड र मार्टिनिककाले तेस्रो र चौंथो उप विजेता भएका थिए।नेपालकी सृच्छा प्रधान भने प्रतियोगितामा अन्तिम ४० मा समेत परिनन्।

Related Articles

Check Also
Close
Back to top button