BOLLYWOODHOLLYWOOD

कंगना विरुद्ध खनिए बौद्धधर्मावलम्बी

बलिउड अभिनेत्री कंगना रनवतको कार्यालय हालै बौद्ध धर्म तथा बौद्धधर्म गुरु दलाई लामाका समर्थकहरु प्रर्दशनमा उत्रिएका छन्। केहि दिन अघि कंगनाले बौद्धधर्मका गुरु दलाई लामा र अमेरीकी राष्ट्रपति जो बाइंडेनको एडिट एक मीम शेएर गरेकी थिईन जस्मा उनीहरु एक अर्कालाई चुम्बन गर्न लागेको जस्तो देखिन्छ। फोटोमा लामा आफ्नो जिब्रो बाहिर निकालिरहेका देखिन्छन्।उक्त तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दैै कंगनाले लेखेकी छिन दुवैमा एकै विरामी छ यस कारण खुवैको दोस्ती हुन सक्छ गरेपछि कंगनाले बौद्ध धर्म तथा धर्म गुरुको अपमान गरेको भन्दै उनको अफिस बाहिर विरोध तथा प्रर्दशनमा उत्रिएका हुन्। केहि दिन अघि दलाई लामाले एक बालकलाई लिपकिस गरेको भिडियो बाहिरिएपछि मानिसहरुले लामाको विरोध गरेका थिए भने धेरैले मिम बनाएका थिए। तर, कंगनाले पोष्ट गरेको मीमको भने धेरैले आलोचना गरेका छन्।मानिसहरुलाई सामाजिक सञ्जालमार्फत नै जवाफ दि“दै आफूमा बौद्ध धर्मप्रति अस्था र दलाई लामाप्रति सम्मान भएकाले आफूले बौद्ध धर्मको अपमान नगरेको बताएकी छन्। साथै यो बाईडेन र लामाप्रति गरिएको सानो मजाक मात्र भएको र बुद्धको सन्देशमा आफूले विश्वास गर्ने भएकाले कडा घाममा आफ्नो कार्यलय बाहिर नबस्न प्रर्दशनकर्ताहरुलाई आग्रह गरेकी छिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button