CINEMANEWS

प्रधानमन्त्रीबाट अत्याधुनिक सिनेमा छायाङ्कन स्टुुडियो निर्माणको शिलान्यास

सिनेमा संसार
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने सिनेपा नामक  सिनेमा छायाङ्कन स्टुुडियोको आज आरम्भ उदघोष(शिलान्यास) गरेका छन्। बयालिस रोपनी जग्गामा निर्माण हुने सो स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाकंन स्थल हुनेछ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गर्नुभएको हो। देशमा चलचित्र निर्माण सुरु भएको ६ दशक पूरा हु“दा पनि सुविधासम्पन्न स्टुुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।
समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सिनेपा नामक अत्याधुनिक इन्डोर छायाँकंन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन्।प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत कारणले काम अवरुद्ध भएको थियो । “त्यसबेलाको जति अहिले राज्यको ढुुकुुटीमा पैसा छैन तर पनि थालेको काम हामी पूरा गर्छौँ । यसको लागित बजेट विनियोजना हुन्छ । थालेपछि सफल हुुन्छ । यसलाई पनि सफल बनाउनुुपर्छ । यो निर्माण आरम्भ उद्घोषले यस क्षेत्रमा युुग परिवर्तन सुरु भएको छ । प्रधानमन्त्री ओलीले भने “ओरालो लागेको अर्थतन्त्रलाई हामीेले लयमा ल्याएका छौ“,अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन । हामी सिने क्षेत्रप्रति सँधै सकारात्मक र सहयोगी छौँ ।
बालाजुुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा कार्यक्रममा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउ“दै प्रधानमन्त्री ओलीले हप्ता–१० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिए।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङ, पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याललगायत सहभागी थिए।

Related Articles

Check Also
Close
Back to top button