
सिनेमा ससार
ख्यातिप्राप्त अभिनेता राजेश हमालको कमब्याक फिल्म नरसिंहा: अवतारको ट्रेलरले सार्वजनिक भएलगत्तै नयाँ यसले कीर्तिमान कायम गरेको छ।हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक ट्रेलर १५ मिनेटमै युट्युब ट्रेन्डिङमा पुग्न सफल भयो। ट्रेलरले सार्वजनिक भएको ३ दिनमा १० लाख जति भ्युज पाएको छ भने ३४ हजार बढी लाइक पाएको छ। अभिनेता हमालले ८ वर्षपछि कमब्याक गरेको फिल्मको ट्रेलरमा उनलाई एक्सन भूमिकामा प्रस्तुत गरिएको छ।

हमाललाई सघाउने पात्रका रूपमा राज कटुवाललाई प्रस्तुत गरिएको छ भने हमालको जोडीको रूपमा नीति शाह र कटुवालको जोडीको रूपमा सनिशा भट्टराईलाई प्रस्तुत गरिएको छ। ट्रेलरमा राजेश हमाल र राज कटुवालको एक्सन छ। प्रशान्त ताम्राकार खलपात्रको भूमिकामा छन्। ‘पापी र भ्रष्टहरूलाई अन्त्य गर्न आइरहनेछु युगदेखि युगसम्म’ ट्रेलरमा अभिनेता हमालको शानदार गर्जन छ। ३ मिनेटभन्दा लामो ट्रेलरमा हमालले हे भन्दै आप्नो लोकप्रिय स्टायल प्रस्तुत गरेका छन्।

राजेश हमालका साथमा नीति शाह, राज कटुवाल, सनिशा भट्टराई, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिवजंग बस्नेत, प्रकाशजंग कु“वर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापालगायतका कलाकारले अभिनय गरेको फिल्म दिवाकर भट्टराइको लेखन र निर्देशनमा बनेको छ।
दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेद्वारा निर्मित फिल्ममा चन्द्र पन्तको कथा, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, राजु तामाङको एक्सन, राजु थापाको डीओपी तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।