BOLLYWOODHOLLYWOOD

ट्रोल गर्नेहरुसंग बानी परि सक्यो : सारा अलि खान

सिनेमा संसार
काठमाडौं
बलिउड अभिनेत्री सारा अली खानलाई मानिसहरु प्रायः उनको व्यावसायिक जीवन र व्यक्तिगत जीवनको बारेमा ट्रोल गरिरहेका हुन्छन्। उनले हालै सामाजिक मिडिया ट्रोलिंगको बारेमा कुरा गर्दै अब यस्ता कुराहरु आफ्‌नो लागि बानी परिसकेको बताएकी छन्। हालै उनले भारतिय सञ्चार माध्यम टाइम्स नाउ समिटका साथ कुरा गर्दै भनिन् मलाइ मेरो धर्मको बारेमा पनि ट्रोल गरिन्छ, केहि मानिसहरूले भनिरहेका छन् कि तपाईं मुस्लिम हुनुहुन्छ र पनि हिन्दू मन्दिरहरूमा जानुहुन्छ। तर अब मैले भने यी सबै कुरा र ध्यान पुर्याउन बन्द गरिसकेको छु। मलाई ट्रोलिंगसग बानी पर्नमा सबैभन्दा बढी मद्दत मेडिटेशनले गरेको छ। यसले मलाई बुझउछ कि के वास्तविक हो र के होइन। सारा थप्छिन् म अझै एक अभिनेत्रीको रूपमा शीर्ष स्थानमा पुगेको छैन। केही व्यक्तिहरूलाई केहि कलाकारहरू मन पर्छ, र कोहीलाई मन पर्दैन। मैले पनि अभिनेत्रीको रूपमा यात्रा अझै लामो छ गर्नु छ। साराले सन् २०१८ मा सिनेमा केदारनाथबाट आफ्‌नो करियरको शुरुआत गरेको थिइन् भने हालै उनले फिल्म स्काई फोर्समा अभिनय गरेकी छन्। सारा आगामी  सिनेमा मेट्रो इन दिनों फिल्ममा पनि देखा पर्नेछिन्, जुन लाइफ इन ए मेट्रो(२००७) को सिक्वेल  हो।

Related Articles

Check Also
Close
Back to top button