BOLLYWOODHOLLYWOOD

सेक्रेट गेम्सकी एलनाज नौरोजीलाई गोप्य फोटो लिक गर्ने धम्की

सिनेमा संसार
काठमाडौं

बलिउडकी चर्चित अभिनेत्री एलनाज नौरोजीले आफूलाई गोप्य फोटो लिक गर्ने धम्की आएको खुलासा गरेकी छन्। सेक्रेट गेम्स नामक वेब सिरिजबाट चर्चामा आएकी एलनाजले सामाजिक सञ्जालमार्फत आफू ब्ल्याकमेलिङको सिकार भएको बताएकी हुन्।

उनका अनुसार एक अन्जान व्यक्तिले उनलाई इमेल र मेसेज पठाउँदै निजी फोटोहरू सार्वजनिक गर्ने धम्की दिइरहेको छ। एलनाजले यो घटनाले आफूलाई निकै तनाव दिएको बताउँदै कानुनी कारबाहीको तयारी गरिरहेको जानकारी दिएकी छन्।उनले फ्यानहरूलाई डर नमानी यस्ता घटनाको विरोध गर्न आग्रह गरेकी छन्। कसैले तपाईंलाई धम्क्याएमा चुप लाग्नुपर्ने जरुरी छैन ।कानुनी सहायता लिनुहोस भन्दै उनले आफ्नो इन्स्टाग्राममा पोस्ट सेयर गरेकी छन्।

एलनाजले साइबर क्राइमको विरोध गर्दै महिलाहरूलाई आफूविरुद्ध हुने गलत गतिविधिहरूको डटेर सामना गर्न प्रेरित गरेकी छन्। अहिले यो घटनाले बलिउडमा तरंग पैदा गरेको छ, र उनका समर्थकहरूले उनलाई समर्थन जनाइरहेका छन्।

Related Articles

Check Also
Close
Back to top button