BOLLYWOODHOLLYWOOD

डिभोर्सपछि हट अवतारमा नताशा

सिनेमा संसार
काठमाडौं

बलिउड अभिनेत्री तथा मोडेल नताशा स्टेनकोविक पछिल्लो समय आफ्नो बोल्ड लुक्सका कारण चर्चामा छिन्। भारतीय क्रिकेटर हार्दिक पाण्ड्यासँगको सम्बन्धपछि नताशाले आफ्नो लाइफस्टाइल र फेसन सेन्समा उल्लेखनीय परिवर्तन ल्याएकी छन्।

हालै मात्र सामाजिक सञ्जालमा उनको केही हट र ग्ल्यामरस तस्वीरहरू भाइरल भएका छन्, जसले उनका फ्यानहरूलाई मोहित बनाएको छ। यी तस्वीरहरूमा नताशा स्टाइलिस आउटफिटमा बोल्ड अवतारमा देखिएकी छिन्। उनका फ्यानहरू उनको नयाँ लुक्सलाई निकै रुचाइरहेका छन्।हालै मात्र उनले सामाजिक सञ्जालमा बोल्ड तस्विर पोष्ट गरिन जसमा उनले पिक रङको बिकनी र डेनिम हाफ पाईन्ट लगाएकी छन्।
हार्दिक र नताशाले सन् २०२० मा विवाह गरेका थिए र उनीहरूको एक छोरा पनि छ। पारिवारिक जीवनलाई प्राथमिकता दिँदै नताशाले ग्ल्यामर वर्ल्डबाट केही समय टाढा रहेकी थिइन्, तर अहिले फेरि उनी फेशन तथा मोडलिङ क्षेत्रमा सक्रिय देखिन्छिन्।उनको नयाँ फोटोसुट तथा स्टाइल स्टेटमेन्टले धेरैलाई प्रेरित गरिरहेको छ। नताशाको बोल्डनेस र फेसन सेन्सले सामाजिक सञ्जालमा ट्रेन्ड बनाइरहेको छ।

Related Articles

Check Also
Close
Back to top button