BOLLYWOODHOLLYWOOD

सलमान र रश्मीकाको उमेर अन्तर ३१ वर्ष

सलमान भन्छन हिरोईनलाई समस्या छैन अरुलाई किन समस्या ?

सिनेमा संसार
काठमाडौ
बलिउड अभिनेता सलमान खान र रश्मिका मन्दानाले आगामी सिनेमा सिकन्दरमा पहिलोपटक स्क्रिन सेयर गरेका छन् ।
सिनेमामा रश्मिकालाई लिने घोषणदेखि नै धेरैले उनीहरुको उमरे अन्तरबारे प्रश्न उठाईुरहेका थिए। हालै सिकन्दरको ट्रेलर सार्वजनिक कार्यत्रलममा सलमानले प्रत्यक्ष रुपमा पत्रकारबाट यो प्रश्नको सामाना गरे । उनले सो विषयमा जवाफ दिदै सलमानले भने जब हिरोइनलाई प्रब्लम भैरहेको छैन भने तपाईंलाई त्यस्तो के भयो ? उनको विवाह भयो र बच्चा पनि भएमा उनीसँग पनि काम गर्छु ।आमाको अनुमति पक्कै लिन्छु। सो क्रममा सलमानले रश्मिकाको कार्यशैली र मेहनतको प्रशंसा गर्दैरश्मिकाले एकैसाथ दुई ठूला प्रोजेक्ट पुष्पा २ र सिकन्दरमा काम गरिरहेको बताउदै सिनेमा शुटिङको क्रममा खुट्टामा चोट लागेपनि उनले सुटिङ एक दिन पनि सुटिङ रद्द नगरेको बताए। श्मिकाले साँझ ७ बजेसम्म फिल्म पुष्प २ को सुटिङ गर्थिन् र राति ९ बजे सिकन्दरको सेटमा आइपुग्थिन। उनी फेरि बिहान साढे ६ बजेसम्म हामीसग सुटिङ गर्थिन् र त्यसपछि पुष्पाको सेटमा फर्किन्थिन्। सिनेमामा सलमान र रश्मिका बाहेक काजल अग्रवाल, सत्यराज, सुनील शेट्टी, शरमन जोशी र प्रतीक बब्बरको पनि अभिनय छ । एआर मुरुगादासको निर्देशन र साजिद नाडियाडवालाको निर्माणमा बनेको यो फिल्म इदको अवसरमा आइतबार प्रदर्शन हुनेछ ।

Related Articles

Check Also
Close
Back to top button