BOLLYWOODHOLLYWOOD

सुशान्तको हत्यामा कुनै प्रमाण फेला नपरेको प्रतिवेदनको निश्कर्ष

सिनेमा संसार
काठमाडौं
पा“च वर्ष अघि निधन भएका बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्युको विषयमा नया खवर आएको छ। भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले उनको मृत्युबारे छानबिनको अन्तिम प्रतिवेदन मुम्बईको विशेष अदालतमा पेश गर्दै उनको आत्महत्या नै भएको र हत्याको कुनै पनि प्रमाण नभेटिएको बताईएको छ। प्रतिवेदनमा मृत्युको वास्तविक कारण आत्महत्या भएको उल्लेख गरिएको छ ।अनुसन्धान एजेन्सीले सुशान्तलाई आत्महत्या गर्न उक्साउने कुनै प्रमाण नभेटिएको बताएको र सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई यो मुद्दामा क्लिन चिट दिइएको भारतिय सञ्चार माध्यमले जनाएका छन्। सुशान्त १४ जुन २०२० मा बान्द्रास्थित घरमा मृत फेला परेका थिए। उनको मृत्युपछि सुशान्तका बुबा केके सिंहले रियाविरुद्ध आत्महत्याका लागि उक्साएको, ठगी र पैसाको दुरुपयोग गरेको आरोप लगाएका थिए। रियाले पनि उजुरीमा सुशान्तको परिवारमाथि मानसिक उत्पीडनको आरोप लगाएकी थिइन् । सो मामिलामा रिया २७ दिन जेलमा बसेकी थिइन्।सीबीआईबाट अन्तिम रिपोर्ट आएपछि रियाका वकिल सतीश मानेशिन्देले विज्ञप्ति जारी गर्दै यस मामिलामा धेरै झुटा कथाहरू सिर्जना गरिएको बताएका छन्। सुशान्तको मृत्यु हुनुभन्दा केही दिनअघि ८ जुन २०२० मा मुम्बईको मलाडस्थित एउटा भवनको १४ औं तलाबाट खसेर उनको म्यानेजर दिशा सालियनको मृत्यु भएको थियो। अब भने सो प्रतिवेदन स्वीकृत गर्ने वा थप अनुसन्धानको आदेश दिने भन्ने निर्णय अदालतले गर्नेछ ।

Related Articles

Back to top button