
सिनेमा संसार
काठमाडौं
बलिउडमा केही यस्ता कलाकारहरू छन्, जो आफ्नो कामसँगै आफ्नो बेबाक शैलीको कारण पनि चर्चामा आइरहेका छन्। यँहा जो अभिनेत्रीको चर्चा गरिँदैछ उनी पनि आफ्ना प्रत्येक पात्रबाट मानिसहरूलाई चकित पार्दै आएकी अभिनेत्री हुन्। फिल्म उद्योगकी प्रसिद्ध अभिनेत्री ऋचा चड्ढाले धेरै कम समयमा बलिउडमा आफ्ना पाइला मजबुत बनाएका थिए। करियरको शुरुआत उनले मोडेलिङको रूपमा गरेकी थिइन्। फिल्मपछि त्यसपछि उनले थिएटर ज्वाइन गरिन् र आज उनी सफलताको अलग मुकाममा छिन्। उनको पछिल्लो फिल्म फुकरे ३ ले पनि बक्स अफिसमा लगभग १२४ करोड कमाई गरि बक्स अफिसमा सफलता प्राप्त गर्र्यो। यी अभिनेत्रीले हालै आफ्नो जीवन र कामसँग सम्बन्धित केही महत्वपूर्ण राज खोलिन्। उनका अनुसनर मानिसहरूले उनको सफलता माथि शंका गरे। साथै उनले यो पनि खुलासा गरिन् कि उनी कहिल्यै अन्य कलाकारहरूको प्रतिवाद गर्न चाहन्नन्। उनले धेरै पटक आफ्ना केही पुराना साथीहरूले हामीलाई त तिमी जीवनमा यहाँसम्म पुग्न सक्छौं लागेको थिएनन् भनेका छन्। मलाई यस्तो सुन्दा मजा आउँछ, यिनले मेरो बारेमा यति मात्र जान्दछन्। ऋचा थप्छिन कि धेरै यस्ता मानिसहरू छन्, जससँग हामीले काम गरेका छौं, तर उनीहरूलाई हामी राम्रा पनि नलागेका हुन्छौं। म न त साथी बनाउन जान्छु न त शत्रु नै एक्टिङ जस्ता क्षेत्रमा एक–अर्काको मूड ठीक राख्नु धेरै महत्वपूर्ण छ। किनकि सँगै काम गरेर मात्र हामी राम्रो प्रदर्शन गर्न सक्छौं। यदि कोही स्वार्थी लाग्छ भने, म आफैं उसलाई आफ्नो जीवनबाट अलग गरी दिन्छु उनी भन्छिन्।