BOLLYWOODHOLLYWOOD

ब्रेक–अपको वर्षोपछि एक अर्काको अंगालोमा बाँधिए शाहिद र करिना

सिनेमा संसार

काठमाडौं

जयपुरमा आयोजित आईफा अवार्ड मञ्चमा शनिबार धेरै वर्षपछि बउिड अभिनेत्री करीना कपुर खान र शाहिद कपुर स“गै देखिए। आईफा प्रेस कन्फरेन्सको क्रममा भटिएका उनीहरु दुबैले एक–अर्कालाई अँगालो हाले। वर्षौपछि भेटिएका उनीहरुले एक–अर्कालाई अँगालो मात्र हालेनन् धेरैबेर कुराकानी पनि गरे। शनिबार दिउँसो जेईसीसीमा भएको आईफा प्रेस कन्फरेन्समा करीना कपुर प्रेस कन्फरेन्स सुरु हुनुभन्दा केही समयअघि आइपुगिन्।मञ्चमा जा“दा शाहिदले करीनाको का“धमा हात राख्दै कुराकानी गरे।त्यसपछि मिडियासँगको कुराकानीका क्रममा पनि दुबै सँगै उभिए।यो उनीहरुका लागि मात्र नभई सञ्चारमाध्यमका लागि पनि रोचक पल थियो।किनभने कुनै समय बलिउडको चर्चित प्रेम जोडी वर्षौपछि एक अर्काको अंगालोमा बाधिएका थिए। यस अवसरमा राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा र उप–मुख्यमन्त्री दिया कुमारी पनि मञ्चमा उपस्थित थिए। प्रेस कन्फरेन्सको क्रममा यो दृश्य मिडियाका क्यामेरामा कैद भएको थियो। करीना र शाहिदले सन् २००४ मा फिल्म फिदाबाट डेटिङ सुरु गरेको चर्चा चलेको थियो। सन् २००७ सम्म दुबै एक–अर्कालाई डेट गरे। सन् २००७ मा रिलिज भएको फिल्म जब वी मेटमा शाहिद कपुर र करीना कपुरले संगै अभिनय गरेका थिए,जसका निर्देशक इम्तियाज अली थिए।जब वी मेटको सुटिङको समयमा उनीहरूको सम्बन्ध टुटेको थियो।यी दुईले ब्रेकअपपछि अन्तिम पटक उड्ता पंजाबमा संगै काम गरेका थिए, तर स्क्रिन शेयर गरेका थिएनन्।

Related Articles

Back to top button