
सिनेमा संसार
काठमाडौं
शनिवार जयपुरमा आयोजित २५ औं आईफा अवार्ड्स समारोह सम्पन्न भएको छ। आफ्नो सिल्भर जुब्ली मनाउँदै आईफाले यस वर्ष पनि २०२४ मा रिलिज भएका फिल्म तथा डिजिटल प्लेटफर्ममा रिलिज भएका फिल्म र वेब सिरिजहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको छ।शनिवार र आइतवार दुई दिनसम्म चलेको आईफामा अभिनेत्री करिश्मा कपुर खानले आफ्ना हजुरबुबा एवम् अभिनेता राज कपुरलाई समर्पित भावनात्मक श्रद्धाञ्जली प्रस्तुत गरिन्। कार्यक्रममा शाहरुख खान, माधुरी दीक्षित, नोरा फतेही र कार्तिक आर्यन जस्ता कलाकारले मञ्चमा प्रस्तुति दिँदै दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए।
यस वर्ष आईफामा फिल्म ‘लापता लेडीज’ ले सर्वाधिक अवार्ड जितेको छ। ‘लापता लेडीज’ ले सर्वोत्कृष्ट फिल्मसहित ११ वटा अवार्ड जितेको छ। यही फिल्मबाट किरण रावले निर्देशक, विप्लब गोस्वामीले मौलिक कथा, स्नेहा देसाईले पटकथा, नितान्शी गोयलले अभिनेत्री, प्रतिभा रान्ताले नव अभिनेत्री, छाया कदमले सह अभिनेत्री, रवि किसनले सह अभिनेता, राम सम्पथले संगीत निर्देशक, प्रशान्त पाण्डेले गीतकार र जबीन मर्चेन्टले सम्पादन अवार्ड जितेका छन्।सन् २००१ को ग्रामीण भारतमा आधारित ‘लापता लेडीज’ दुई नयाँ विवाहित महिलाहरूको कथालाई पछ्याउँछ, जो रेल यात्राको क्रममा गल्तीले एकअर्कासँग साटिन्छन्। यस घटनाले अनेकौं अप्रत्याशित र हास्यास्पद घटनाक्रम निम्त्याउँछ। फिल्मले महिलाको सशक्तीकरण, पहिचान र सामाजिक मूल्य मान्यता जस्ता विषयवस्तुहरू उजागर गर्दै मनोरञ्जनात्मक कथा प्रस्तुत गर्छ। ‘लापता लेडीज’ मा फूल कुमारीको भूमिका निभाएकी नितान्शी गोयलले १७ वर्षको उमेरमै फिल्म उद्योगका ठूला हस्तीहरू आलिया भट्ट र कटरीना कैफलाई पछि पारिन्।फिल्म ‘भूल भुलैया ३’ बाट कार्तिक आर्यनले सर्वश्रेष्ठ अभिनेता, श्रेया घोषालले सर्वश्रेष्ठ गायिका, ‘रेड चिलीज’ ले सर्वश्रेष्ठ इफेक्ट, ‘किल’ बाट राघव जुयालले सर्वश्रेष्ठ खलपात्र र लक्ष्य लालवानीले नव अभिनेता, सुवास साहू, बोलोय कुमार डोलोई, राहुल कर्पेले साउण्ड डिजाइन, राफे महमूदले छायांकन, ‘शैतान’ बाट आर. माधवनले नकारात्मक भूमिका, जानकी बोडिवालले सह अभिनेत्रीको अवार्ड जितेका छन्।मेरी क्रिसमस’ बाट श्रीराम राघवन, अरिजित विश्वास, पूजा लढा सुर्ती, र अनुकृति पाण्डेले रुपान्तरित कथा, ‘मडगाउ एक्सप्रेस’ बाट कुणाल केमुले सर्वश्रेष्ठ नव निर्देशक, ‘आर्टिकल ३७०’ बाट जुबिन नौटियालले पार्श्व गायक, अर्जुन धवन, आदित्य धर, आदित्य सुहासले जाम, मोनल ठकारले संवाद, ‘ब्याड न्यूज तौबा तौबा’ बाट बोस्को-सिजरले कोरियोग्राफीको अवार्ड जितेका छन्।पञ्जाबी गायकको जीवनमा आधारित बायोपिक ‘अमरसिंह चमकिला’ ले सर्वश्रेष्ठ डिजिटल फिल्म तथा यसै फिल्मबाट इम्तियाज अलीले सर्वश्रेष्ठ निर्देशकको अवार्ड जिते। त्यस्तै, नेटफ्लिक्स सिरिज ‘सेक्टर ३६’ बाट विक्रान्त मैसीले सर्वश्रेष्ठ अभिनेता, दीपक डोबरियालले सह अभिनेता, ‘बर्लिन’ बाट अनुप्रिया गोयनकाले सह अभिनेत्री, ‘दो पत्ती’ बाट कृति सेननले अभिनेत्री तथा कनिका ढिल्लनले कथा लेखनको अवार्ड जिते।
‘पंचायत ३’ ले सर्वश्रेष्ठ वेब सिरिज तथा दीपक कुमार मिश्राले सर्वश्रेष्ठ निर्देशक, जितेन्द्र कुमारले अभिनेता, फैसल मलिकले सह अभिनेता अवार्ड जितेका छन्। ‘बंदिश ब्यान्डिट्स’ बाट श्रेया चौधरीले सर्वश्रेष्ठ अभिनेत्री, ‘हीरामंडीः द डायमंड बजार’ बाट संजीदा शेखले सह अभिनेत्री, ‘फ्याबुलस लाइव्स वर्सेज बलीवुड वाइव्स’ ले रियालिटी शो, ‘यो यो हनी सिंह’ ले डकुमेन्ट्री सिरिज, ‘मिसमैच्ड’ को ‘इश्क है’ गीतका लागि अनुराग सैकियाले बेस्ट टाइटल ट्रयाकको अवार्ड जितेका छन्।