
सिनेमा संसार
काठमाडौं
एडल्ट ड्रामामा बनेको सिनेमा दुखी आत्मालाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ।
सिनेमाका निर्देशक दीपेन्द्र लामाका अनुसार, दुखी आत्माको कुनै पनि दृश्यमा सेन्सर काँटछाँट गरेन। सिनेमा हेर्नका लागि १६ बर्ष तलका बालबालिकाले बाबु–आमाको साथ लिनुपर्नेछ। निर्देशक लामाले भने–‘हाम्रो सिनेमाको कथावस्तु नयाँ छ। बजारमा विभिन्न अड्कलबाजी गरिएतापनि यो फ्यामिली सिनेमा हो। यसैले, हरेक वर्गका दर्शकले ढुक्कसँग सिनेमा हेर्न सक्नुहुनेछ।’
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङलगायतले अभिनय गरेका छन्। हिमाल कडरिया निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता सुदिप ढकाल हुन्। सिनेमामा आलोक शुक्लाको छायांकन छ ।
सिनेमा प्रेम दिवसको अवसर पारेर फागुन २ गते रिलीजमा आउँदैछ।