CINEMAMUSICNEWS

अच्छा लेकिन लण्डनको चिसोले सताउला अब नयाँ भिडियो भर्सनमा

सिनेमा संसार
काठमाडौ
अच्छा लेकिन लण्डनको चिसोले समाउला बोलको हिट गीत अब नयाँ भिडियो भर्सनमा हेर्न पाइने भएको छ। दैव संजोग नामक सिनेमाको यो गीत आगामी चैत्र २९ गते रिलिजमा आउने सिनेमा नरसिंहाः अवतारमा नयाँ भर्सनमा हेर्न पाइने भएको हो।
पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो भने यसको नयाँ भर्सनमा शम्भुजित र गायिका रचना रिमालले स्वर भरेका छन्। गीतको भिडियो ४ दिन लगाएर खिचिएको छ। जहरसिंह पौवामा सेट लगाएर हिमाललाई काखमा राख्दै खिचिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ। सिनेमाका निर्देशक दिवाकर भट्टराइले १५ लाख रुपैयाँ खर्च गरेर गीतको भिडियो तयार पारिएको बताए।
गीतमा सिनेमाका मुख्य कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिषा भट्टराइले नृत्य गरेका छन्। चिसो हावामा र धुलो उडेका कारण पनि छायांकनमा केही कठिनाई भएको कलाकारहरुले बताए। राजेश हमालले यो गीतले आफूलाई फेरि विगतमा फर्काएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे। गीतको भिडियोमा नायक हमाल र अर्का नायक कटुवाललाई कर्णेलको अवतारमा देखिन्छ। यो सिनेमामा नायक हमाल र खनालले ३२ बर्षपछि सहकार्य गरेका हुन्। यही सिनेमाबाट अभिनेता हमाल ८ बर्षपछि पर्दामा फर्किदैछन्।

Related Articles

Check Also
Close
Back to top button