
सिनेमा संसार डट कम
काठमाडौं
पपुलर टेलिसिरीयल सक्की गो निका कलाकाहरुको संलग्नतामा निर्मित सिनेमा लाज शरणम्का लागि काठमाडौंका मेयर मेयर बालेन शाहले गीत गाईदिएका छन्।
उनको स्वर रहेको गीत लाज शरणम् टिमले आज सार्वजनिक गरेको छ। नेपाल हासेकोको बोलको गीतमासंगीत र शब्द रचना पनि बालेनकै छ। गीतमा नेपालको वर्तमान अवस्था र विकासको कुरा गरिएको छ। गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय गरेका छन्। बालेन मेयर भएपछि पहिलोपटक यो गीत गाएका हुन्।
लाज शरणम्को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ छन्। सिनेमा कुमार कट्टेलले निर्देशन गरेका छन्। सिनेमामा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारले अभिनय गरेका छन्। जेपिटी क्रियसनको ब्यानरमा नवीन श्रेष्ठले निर्माण गरेको सिनेमामा राम नरेश शाह र सृजना खड्का सह–निर्माता रहेका छन्।