CINEMANEWS

रेड कार्पेटमा प्रियंकाको ममी

सिनेमा संसार
काठमाडौं
भोली शुक्रबारदेखि रिलीजमा आउने सिनेमा ममीको रेडकार्पेट प्रिमियर शो आयोजना गरिएको छ। बुधबार साँझ क्यूएफएक्सको सिभिल हलमा अभिनेत्रीद्धय प्रियंका कार्की, दीया मास्के र अभिनेता सुलक्षण भारती स्टारर सिनेमा ममीको प्रिमियर गरिएको हो।
सिनेमाको प्रिमियर शोमा प्रियंका र दीयासहित फिल्मका कास्ट एन्ड क्रिउ’को सहभागि रहेको थियो। यस्तै, सिनेमा हेर्न अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाला, निर्माता छविराज ओझा, अभिनेत्री केकी अधिकारी, अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेतदेखि पूर्वमिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल जेनिशा मोक्तानसम्म पुगेका थिए।
फ्यामिली हरर जनरामा निर्माण भएको सिनेमा टिजर र ट्रेलर रिलिजदेखि नै चर्चामा छ । सिनेमाको प्रिमियर समारोहमा आकाशे नीलो पोशाकमा रगत लतपतिएको पहिरन किशोरीहरूले प्रस्तुत गरेका थिए । अभिनेत्री मास्के पोतेसहित सेतोकालो पहिरनमा प्रस्तुत थिइन् । प्रियंका भने कालो स्लिभलेस पहिरनमा उपस्थित थिइन् । प्रियंकासँगै उनकी आमा पनि प्रिमियर शोमा उपस्थित थिइन्।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ। समर डेब्यू निर्देशक हुन्। सिनेमाको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन्।

Related Articles

Check Also
Close
Back to top button