CINEMANEWS

जितु नेपाल कार्साङको गम्भिर भूमिकामा

सिनेमा संसार
काठमाडौं
सानो पर्दाबाट हास्य कलाकारमा स्थापित जितु नेपाल ठूलो पर्दामा पनि सुरुका वर्षमा हास्य भूमिकैमा देखिए। तर जब उनले सिनेमामा मुख्य भूमिका पाए, त्यहाँ उनी गम्भीर भूमिका देखिए।
दयाहाङ राई मुख्य भूमिकामा रहेको सिनेमा कार्साङमा उनको चरित्र कस्तो छ? कार्साङमा जितुको जोडी दयाहाङसँग जोडिएको छ। उनी यो सिनेमामा दलित समुदायको पात्रमा रहेको निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरबाट थाहा पाउन सकिन्छ। बच्चा नभएको दोष एकले अर्कोलाई लगाइरहेको रहस्य यसको टिजरले खोलिसकेको छ।
यसमा उनले दर्शकलाई हसाउनेछन्। हसाउने सँगै केही गम्भीर चरित्र पनि रहेको जितुले बताएका छन्। यसअघि दसैँमा रिलिज भएको सिनेमा ज्वाइँ साबमा उनी मुख्य भूमिकामा थिए। यसपछि उनी फेरि क्यारेक्टर रोलमा फर्कीएका हुन्।

यसैबीच, कार्साङले पब्लिसिटी सुरु गरेको छ। पूर्वी नेपालबाट सिनेमाको प्रचार सुरु गरेको हो। सिनेमाका मुख्य कलाकार जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्केले पूर्वी नेपाल पुगेर सिनेमा हेर्न दर्शकलाई अपिल गरिरहेका छन्।
आम ग्रामीण परिवेशको नेपालीको कथा सिनेमा कार्साङले भन्ने भन्दै कलाकारले आफ्नै ठाउँ समुदायको कथा सिनेमामा देख्न सकिने बताए।
यम शेर्पाको डेब्यु लेखन तथा निर्देशनमा निर्माण भएको कार्साङ पुस २६ गते पदर्शन हुने निर्माण पक्षले जनाएको छ। शेर्पा समुदायको संस्कृतिमा आधारित सिनेमामा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button