FASHIONNEWS

फेस अफ क्लासिक डाइमन्डको पाँचौँ सिजन हुने

सिनेमा संसार

काठमाडौं

हीरा ब्रान्ड क्लासिक डाइमन्डले यस वर्ष फेस अफ क्लासिक डाइमन्ड पाँचौँ सिजन आयोजना गर्ने घोषणा गरेको छ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा क्लासिक डाइमन्डका अध्यक्ष बाबुराजा महर्जनले आगामी माघ ४ र ५ गते काठमाडौंमा फेस अफ क्लासिक डाइमन्डको पाँचौँ सिजन आयोजना गर्ने जानकारी गराए। उनका अनुसार, प्रतियोगितामा उत्कृष्ट मोडलले फेस अफ क्लासिक डाइमन्डको उपाधिसहित १ लाख ५० हजार रुपैयाँ र एक वर्षसम्म क्लासिक डाइमन्डको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउनेछ। यस्तै उनले बलिउडमा पनि आफ्नो प्रस्तुति दिने अवसर पाउने छन् ।

प्रतियोगितामा सहभागी हुन आजबाट नै रजिस्ट्रेशन खुल्ला गरिएको छ। विगतमा यो प्रतियोगिताकी विजेता साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली सिनेमामा, अञ्जली लामाले न्युयोर्क फेशन सप्ताहमा, मुना गौचनले बलिउडमा आफूलाई स्थापित गरिसकेको अध्यक्ष महर्जनले जानकारी गराए। ‘क्लासिक डाइमन्ड गहनासँग सम्बन्धित भएकाले हामीले यो कार्यक्रमबाट नेपालको फेशन र मोडलिङ क्षेत्रलाई पनि प्रवर्द्धन गर्दै आएका छौँ’- उनले भने ।

प्रतियोगिताको लागि काठमाडौं र पोखरामा अडिसन गरिने क्लासिक डायमण्डका प्रबन्ध निर्देशक अमिर महर्जनले जानकारी गराए। ‘अडिसनमा चयन भएका मोडलहरूलाई करिब एक महिना विभिन्न प्रशिक्षण दिनेछौँ। त्यसपछि प्रतियोगीबाट विजेताहरू सहित उत्कृष्ट १० प्रतियोगीलाई क्लासिक डाइमन्ड फेशन तथा ज्वेलरी शोमा उतार्ने छौँ ’- उनले भने ।अ

मेरिकामा समेत तीन वटा आउटलेट चलाउँदै आएको क्लासिक डाइमन्डले अमेरिकामा रहेका नेपाली मोडलहरुबीच पनि अडिसन लिनेछ। सो अडिसनबाट चयन भएकामध्य दुई मोडललाई नेपाल ल्याएर फेस अफ क्लासिक डाइमन्डको प्रतिस्पर्धामा उतार्ने क्लासिक डाइमन्डका अमेरिका संयोजक समीर महर्जनले जानकारी गराए।

प्रतियोगिताका विजेताले एक लाख ५० हजार रुपैयाँ, फस्ट रनरअपले एक लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। उनीहरूले क्लासिक डाइमन्डको विभिन्न परियोजनामा जोडिएर काम गर्ने अवसर पनि पाउने छन्। प्रतियोगितालाई बलिउडका कोरियोग्राफर रेहान शाहले कोरियोग्राफी गर्नेछन्।

पूर्व मिस नेपाल अस्मी श्रेष्ठले फेस अफ क्लासिक डाइमन्ड प्रतियोगितामा जोडिन पाउँदा खुसी व्यक्त गरिन्। करिब ६ महिनाको तयारीबाट यसले नयाँ मोडलहरूलाई निखारेर मोडलिङ क्षेत्रमा ल्याउने गरेको उनले बताइन्।

Related Articles

Back to top button