सिनेमा संसार संवाददाता
काठमाडौं
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७७ औं संस्करणमा सहभागी मंगलवार फ्रान्स प्रस्थान गर्ने भएका छन् । बालेनका साथमा उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि संर्गै जानेछन्। कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फेस्टिभलमा सहभागी हुन लागेको उनका प्रवक्ता नविन मानन्धरले बताएका छन्। कान्स फिल्म फेस्टिभलमा हुने विभिन्न कार्यक्रममा सहभागी भएर ६ गते नेपाल फर्कने त्यस क्रममा आयोजना हुने विविध कार्यक्रममा पनि उनको सहभागिता हुनेछ । कान्सका मेयरले बालेनलाई पठाएको निम्तो पत्रमा फेस्टिभल फिल्मको क्रिएटिभ सहरलाई एकठाउँमा ल्याउने अवसरको रुपमा उल्लेख गरिएको र भेटमा अन-एयर भनिने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुने कान्सका मेयरले पत्रमा उल्लेख गरेको बताईएको छ ।
राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी काठमाडौंलाई ‘फिल्मको रचनात्मक सहर’को रुपमा २०८० सालमा सूचीकृत गरेको थियो भने फ्रान्सको कान्स सहर पनि फिल्मको क्रिएटिभ सिटीको एक सदस्य हो ।१४ मेदेखि २५मेसम्म आयोजना हुने कान्स फिल्म फेस्टिभलमा यस वर्ष नेपालबाट फिल्म छनोट भएका छैनन् तर नेपाली कलाकार र प्राविधिकको संग्लग्नता रहेको र नेपालमा छायांकन भएको द सेमलेस र नेपाली भाषमा बनेको फिल्म तारा ः अ लस्ट स्टार छनोट भएका छन् ।